चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1037 of 1156
  • 2026-11-23
  • 19:35:37
  • सोमबार,मंसिर ०८, २०८३

About Author

कस्तो छ आजको मौसम ?

काठमाडौं - हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो गण्डकीका पहाडी भूभाग र लुम्बिनीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । राति बागमती र गण्डकीमा आंशिक बदलीको आकलन गरिएको छ । बिहीबार प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । तराईमा हुस्सु लाग्न थालेको छ । साथै देशभर तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।