चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 2 of 1108
  • 2026-10-08
  • 09:25:06
  • बिहिबार,आश्विन २२, २०८३

About Author

पदले हैसियत फरक पार्दैन, कांग्रेसमा सबैको हक बराबर : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र पद र जिम्मेवारी फरक भए पनि सभापतिदेखि सामान्य कार्यकर्तासम्म सबैको हक र हैसियत समान रहेको बताएका छन्। काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले पार्टीलाई परिवारका रूपमा व्याख्या गर्दै नेतृत्वका लागि हुने प्रतिस्पर्धालाई जिम्मेवारी लिने विषयसँग मात्र जोड्नुपर्ने बताए। उनले महाधिवेशनमा कुनै व्यक्ति विजयी हुँदैमा सबै कुरा उसको पक्षमा र पराजित हुँदैमा सबै कुरा समाप्त हुने अवस्था नरहेको धारणा राखे। ‘कांग्रेस एउटा परिवार हो । परिवारभित्र जिम्मेवारी कसले लिने होला भन्ने हाम्रो प्रतिस्पर्धा हो । जित्ने मान्छेले सबै कुरा जित्ने, हार्ने मान्छेले सबै कुरा हार्ने भन्ने होइन,’ उनले भने। थापाले पार्टी सभापति वा अन्य पद स्थायी हैसियत नभई निश्चित समयका लागि दिइने जिम्मेवारी भएको स्पष्ट गरे। ‘यो पार्टीभित्र मेरो जति हक र हैसियत छ, त्यति नै हक र हैसियत पार्टीको भुइँमा बस्ने साथीको पनि बराबर छ,’ उनले भने, ‘पार्टीको सभापति माननीय, सम्माननीय होइन । यो केवल एउटा समय तोकेर दिएको जिम्मेवारी हो।’ उनको भनाइमा कांग्रेसभित्र नेतृत्वको पदलाई अधिकार र हैसियतको आधारभन्दा जिम्मेवारीका रूपमा बुझ्दै सबै तहका कार्यकर्ताबीच समानताको भावना स्थापित गर्नुपर्नेमा जोड छ।

News by पदले हैसियत फरक पार्दैन, कांग्रेसमा सबैको हक बराबर : गगन थापा :