चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1078 of 1099
  • 2026-10-03
  • 09:42:25
  • शनिबार,आश्विन १७, २०८३

About Author

विदेश पठाइदिने भन्दै ३ करोड ठगेर फरार

पूर्वी नवलपरासी — वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३ करोड ठगी गरेको आरोप लागेका कावासोतीका एक म्यानपावर व्यवसायी फरार भएका छन्। पीडितको उजुरीका आधारमा उनीविरुद्ध गत जेठ १० गते वैदेशिक रोजगार विभागमा उजुरी परे पनि उनी अझै पक्राउ परेका छैनन्। पीडितका अनुसार कावासोती नगरपालिका १४ का मुक्ति थनेतले आयरल्यान्ड र बुल्गेरिया पठाइदिने भन्दै २० जनासँग १५ लाखका दरले रकम उठाएर बेपत्ता भएको भन्दै पीडितले वै‍देशिक रोजगार विभागमा उजुरी गरेका छन् । गत जेठमा कावासोतीका श्यामप्रसाद लम्सालसमेत ७ जनाले मुक्तिविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन्। उजुरीका आधारमा वैदेशिक रोजगार विभागले जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीलाई गत जेठ १० गते पत्र पठाएर थनेतलाई ‘पक्राउ गर्नू’ भन्ने आदेश दिएको छ। विभागले अपराध महाशाखा बानेश्वरलाई पनि त्यसै दिन पत्र पठाएर पक्राउ गर्न भनेको छ। लम्सालसहित कृष्ण थापा, चेत भण्डारी, खिमानन्द पाण्डे, सन्तोष अर्याल, सोमनाथ, पतिराम थनेतले प्रहरीमा संयुक्त उजुरी दिएका थिए। मुक्तिलाई पैसा बुझाउने सबै नवलपरासीका हुन्। पीडितले मुक्तिको बैंक खातामा नगद जम्मा गरिदिएको प्रमाणसहित प्रहरी र प्रशासन कार्यालयमा उजुरी दिएको करिब ३ महिना बितिसक्दा पनि मुक्ति पक्राउ परेका छैनन्। पीडितमध्येका श्यामप्रसाद मुक्तिबाट ठगिएकाहरूलाई न्याय दिइयोस् भन्दै जहाँ पुगे पनि कतैबाट न्याय नपाइएको र आफूहरूको उजुरीको सुनुवाइ नभएको गुनासो गर्छन्। ‘वैदेशिक रोजगारमा मासिक तलब ९० हजारदेखि ३ लाख रुपैयाँसम्म पाइने भन्दै उनले हरेक व्यक्तिबाट १५ लाख रुपैयाँका दरले नगद लिएको २ वर्ष भइसक्यो न विदेश पठाए न पैसा फिर्ता दिए। हामी अलपत्र पर्‍यौं‚’ पीडितले गुनासो गरे। मुक्ति श्रीमतीसहित काठमाडौंमा बस्ने गरेको लम्साल बताउँछन्। गत साता उनी घरमै ९कावासोती० आउँदा पनि प्रहरीले बेवास्ता गरेको उनले बताए। ‘हाम्रो पैसा खाएर बिचल्ली बनाउने मुक्ति थनेत काठमाडौं र कावासोतीमा खुलेयाम हिँडेको हिँड्यै छन्। प्रहरीलाई खबर गर्दा वास्तै गर्दैनन्‚’ लम्साल भन्छन्। पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको गुनासो गर्न पीडितहरू आइतबार जिल्ला प्रशासन कार्यालयमा आएको र चाँडो पक्राउ गर्न आफूले प्रहरीलाई आदेश दिएको टेलिफोनमा बताए। ‘अभियुक्त चाँडै पक्राउ पर्छन्‚’ प्रजिअ घिमिरेले भने‚ ‘अभियोग पुष्टि भए मुक्तिरामको जायजेथा रोक्का गरेर रकम असुल्ने र थप कारबाही हुन्छ।  

News by विदेश पठाइदिने भन्दै ३ करोड ठगेर फरार :