चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1086 of 1097
  • 2026-10-02
  • 05:41:42
  • बिहिबार,आश्विन १५, २०८३

About Author

सेयर बजार ७६ अंक घट्यो

काठमाडौँ — यो साता सेयर बजारको परिसूचक नेप्से समग्रमा ७६ अंक घटेको छ। गत साता २११३ अंकमा रहेको नेप्से यो साता २०३७ अंकमा रहेर बन्द भयो। नेप्से एक दिन बढ्दा ४ दिन घटेको छ। साताको पहिलो दिन आइतबार परिसूचक नेप्से १०.२७ अंक बढ्यो। सो अंकको वृद्धिपछि नेप्से २१२३ अंकमा पुगेको थियो। दोस्रो दिन सोमबार फेरि नेप्से १७. ६७ अंक घटेर २१०६ अंकमा झऱ्यो। मंगलबार ४३.३५ अंक घट्यो भने बुधबार थप ५.११ अंक घटेपछि नेप्से २०५७ अंकमा ओर्लियो। बिहीबार १९ अंक घटेसँगै यो साता २०३७ अंकमा नेप्से अडियो। शुक्रबार भने सार्वजनिक विदाका कारण कारोबार भएन। नेप्सेसँगै कारोबार रकम साताको पछिल्ला दिनमा उच्च दरले घट्यो। आइतबार २ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार २ अर्ब ८५ करोड र मंगलबार २ अर्ब ८१ करोड रुपैयाँको कारोबार भयो। बुधबार १ अर्ब ९३ करोडमा झरेको कारोबार बिहीबार १ अर्ब ७६ करोडमा खुम्चियो। कारोबार रकम घट्नुले सेयर खरिदमा लगानीकर्ताको उत्साह नरहेको र बेच्नेहरु पनि धेरै नआत्तिएको संकेत गर्छ। यो साता कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, नबिल बैंक, हिमालयन एभरेष्ट इन्स्योरेन्स तथा नागरिक लगानी कोष अगाडि रहे।

News by सेयर बजार ७६ अंक घट्यो :