चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1071 of 1099
  • 2026-10-04
  • 06:03:48
  • आइतबार,आश्विन १८, २०८३

About Author

अदालतमा भ्रष्टाचार बढ्यो भन्ने आरोप शत् प्रतिशत झूटो हो : चोलेन्द्र शमशेर

काठमाडौं– सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो पालामा अदालतमा भ्रष्टाचार बढ्यो भन्ने आरोप शतप्रतिशत झूटो रहेको दाबी गरेका छन्। अदालतमा भ्रष्टाचार र बिचौलिया बढे भन्ने आरोप लगाउन सजिलो भए पनि प्रमाण नहुँदासम्म भ्रष्टाचार बढ्यो भन्न नमिल्ने उनले बताए। प्रतिनिधिसभाको महाभियोग सिफारिश समितिमा बुधवार बयान दिँदै जबराले प्रधानन्यायाधीशले अदालतमा भ्रष्टाचार बढ्यो भन्दै हिँड्दा अराजकता निम्तिने बताएका हुन्। ‘मेरो पालामा अदालतमा भ्रष्टाचार बढ्यो र भ्रष्टाचारीलाई संरक्षण गरियो भन्ने आरोप शतप्रतिशत झूटो हो,’ बेञ्च शपिङबारे सोधिएको एक प्रश्नमा जबराले भने। अदालतमा बिचौलियालाई प्रवेश नदिइएको उनले दाबी गरे । जबराले सर्वोच्च र मातहतका अदालतमा आफूले कुनै फर्मान जारी नगरेको बताए । ‘पक्षविपक्षको बहस र प्रमाणको आधारमा न्यायाधीशले फैसला गर्ने हो, बिचौलियाको कुरा सुनेर होइन,’ जबराले भने। झण्डै साढे १२ बजेदेखि शुरू भएको बयान दिउँसो ३ बजेसम्म चलिरहेको छ। चोलेन्द्रलाई सोध्न समितिले ४३ वटा प्रश्न तयार गरेको छ। सबै प्रश्नको जवाफ दिन नभ्याएमा भोलि पनि बयान जारी रहने समितिका सदस्य मीनबहादुर विश्वकर्माले जानकारी दिए।

News by अदालतमा भ्रष्टाचार बढ्यो भन्ने आरोप शत् प्रतिशत झूटो हो : चोलेन्द्र शमशेर :