चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1060 of 1101
  • 2026-10-05
  • 14:57:29
  • सोमबार,आश्विन १९, २०८३

About Author

माओवादीका अध्यक्ष प्रचण्ड, गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माको भेटवार्ता

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। प्रचण्ड निवास खुमलटारमा सोमबार बिहान भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको छ। भेटमा मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाँणले जानकारी दिए। प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा त्यहाँ प्रक्रियामा रहेका विधेयकबारे दुई मन्त्री र सत्तारुढ दल माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग कुराकानी भएको हो। त्यस्तै भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको छ।  

News by माओवादीका अध्यक्ष प्रचण्ड, गृहमन्त्री खाँण र कानुनमन्त्री शर्माको भेटवार्ता :