चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1049 of 1104
  • 2026-10-07
  • 00:01:28
  • मंगलबार,आश्विन २०, २०८३

About Author

बालुवाटारमा सत्ता गठबन्धन शीर्ष नेताहरूको बैठक, सिट बाँडफाँटबारे कुराकानी

काठमाडौं– बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ। प्रतिनिधि सभातर्फ प्रत्यक्षमा लगभग सिट बाँडफाँटमा सहमति गरेका सत्ता गठबन्धनका शीर्ष नेताहरूले मिल्न बाँकी रहेका केही प्रतिनिधि सभा क्षेत्र र ३३० प्रदेश सभा क्षेत्रमा कहाँ कुन दलले उम्मेदवारी दिने भन्ने सहमति जुटाउन छलफल गरेका हुन्। सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बताइन्। बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाका शीर्ष नेताको सहभागिता छ। सत्ता गठबन्धनले फूलपाती अघि नै सिट बाँडफाँटमा सहमति गरिसक्ने गरी छलफललाई केही दिनदेखि तीव्रता दिइरहेका छन्।  

News by बालुवाटारमा सत्ता गठबन्धन शीर्ष नेताहरूको बैठक, सिट बाँडफाँटबारे कुराकानी :