चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1095 of 1104
  • 2026-10-06
  • 21:41:08
  • मंगलबार,आश्विन २०, २०८३

About Author

चुनावी सहकार्य गर्ने विषयमा प्रचण्ड र भट्टराईबीच भेटवार्ता

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। बिहीबार भएको भेटमा चुनावी सहकार्य, तालमेल, गठबन्धन सन्दर्भमा छलफल भएको थियो। नेपाल समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले छलफल सकारात्मक भएको जानकारी दिए। उनले भने, सबै पार्टीका शीर्ष नेताहरुलाई भेट्ने क्रममा आज बिहान अध्यक्षद्वयबीच भेटवार्ता भएको हो। आजको भेटमा चुनावी सहकार्य, तालमेल, गठबन्धन लगायतमा केन्द्रित रहेर छलफल भएपनि निष्कर्षमा पुगेको छैन। पछिल्लो केहि दिनयता भट्टराईले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्। यसअघि भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए। भेटमा भट्टराईले आफूहरु गठबन्धनमा रहेर चुनावमा जाने बताएका थिए।

News by चुनावी सहकार्य गर्ने विषयमा प्रचण्ड र भट्टराईबीच भेटवार्ता :