चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1092 of 1104
  • 2026-10-06
  • 23:47:09
  • मंगलबार,आश्विन २०, २०८३

About Author

‘प्रधानमन्त्री र मन्त्री बस्ने सहरको अवस्था बिजोग रहेछ, श्रमदान गर्न मन लाग्यो’ :  हर्क साम्पाङ

काठमाडौं– देशको राजधानी आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले यहाँको अवस्था बिजोग रहेको टिप्पणी गरेका छन्। उनले काठमाडौंको यस्तो अवस्था देखेर आफूलाई श्रमदान गर्न मन लागेको समेत बताए। सडकमा यत्रतत्र थुप्रिएको फोहोर देखेपछि मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो प्रधानमन्त्री र मन्त्री बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो। ल्यान्डफिल साइटको समस्या र स्थानीय बासिन्दाको अवरोधका कारण अहिले काठमाडौंको फोहोर उठ्न सकेको छैन। धरान उपमहानगरपालिकाको विकासबारे छलफल गर्न साङ्पाङ काठमाडौं आएका हुन्। उनले धरानमा जनश्रमदानलाई जोड दिएका छन् । शनिबार मात्रै हजारौं नागरिक जम्मा गरेर उनले बृक्षारोपण गरेका थिए।

News by ‘प्रधानमन्त्री र मन्त्री बस्ने सहरको अवस्था बिजोग रहेछ, श्रमदान गर्न मन लाग्यो’ :  हर्क साम्पाङ :