चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1088 of 1100
  • 2026-10-04
  • 19:03:19
  • आइतबार,आश्विन १८, २०८३

About Author

प्रचण्ड र बाबुरामबीच भेटवार्ता, एउटै चुनाव चिन्हमा लड्ने तयारी

काठमाडौँ– नेपाल समाजवादी पार्टीका नेताहरू माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्ने गरी गृहकार्य भइरहेको छ। दुई दलका शीर्ष नेताहरूबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ। आइतबार बिहान पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको छ। दुई पार्टीका शीर्ष नेताको भेटमा समाजवादी पार्टी पनि माओवादीको चुनाव चिन्हमा चुनाव लड्न तयार भएको हो।समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले कुरा सकरात्मक भएको र औपचारिक निर्णय हुन बाँकी रहेको बताए। समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रूपमा जान दुबै दल सहमत भएका हुन्। यसबारे आ–आफ्नो दलमा छलफल गरेर निर्णयमा पुग्ने गरी सहमति हुन बाँकी छ। समाजवादी पार्टीका नेताहरुले प्रतिनिधिसभामा केही सिट निश्चित गर्नुपर्ने प्रस्ताव गरेका छन्। समाजवादी पार्टीका अध्यक्ष भट्टराई गोरखा क्षेत्र नम्बर २ र यादव सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। तीन नेताबीचको भेटमा सत्तारूढ गठबन्धनमा समाजवादी पार्टीको सहभागिताबारे पनि कुराकानी भएको थियो।

News by प्रचण्ड र बाबुरामबीच भेटवार्ता, एउटै चुनाव चिन्हमा लड्ने तयारी :