चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1098 of 1103
  • 2026-10-06
  • 08:56:04
  • मंगलबार,आश्विन २०, २०८३

About Author

म्याग्दीमा पहिरो जाँदा एकै परिवारका पाँच जनाको मृत्यु

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामेङ गाउँमा पहिरो जाँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ। मंगलबार बिहान गएको पहिरोमा परेर ३६ वर्षीय घामबहादुर विक, ३४ वर्षीया राममाया विक, ७ वर्षीया अस्मी पटेल, १८ वर्षीय नवीन विक र १४ वर्षीय राजन विकको ज्यान गएको हो। पहिरोमा परेर ६५ वर्षीय गोठे विक र ६३ वर्षीया गोरी विक गम्भीर घाइते भएका छन्। आज बिहान बस्तीमाथिबाट खसेको पहिरोले घामबहादुर विक र गोठे विकको घर बगाएको थियो। पहिरोमा परेका दुई जनाको घटनास्थलमै र अन्य बेपत्ता तीनको शव पुरिएको अवस्थामा भेटिएको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीले घाइते दुई जनालाई रुम स्वास्थ्यचौकीमा उपचार गरी मौसम अनुकूल भएपछि थप उपचारका लागि दरबाङ पठाउने तयारी भइरहेको जानकारी दिएको छ। बेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीयवासी घटनास्थल पुगेका थिए।

News by म्याग्दीमा पहिरो जाँदा एकै परिवारका पाँच जनाको मृत्यु :