ग्लोबल आइएमई बैंकको चाडपर्व लक्षित ड्राईभ उत्सव अफर, ७.२९ प्रतिशतमै विद्युतिय सवारी कर्जा - Chaitanya News
  • 2026-04-18
  • 23:35:58
  • शनिबार,बैशाख ०५, २०८३
  • ग्लोबल आइएमई बैंकको चाडपर्व लक्षित ड्राईभ उत्सव अफर, ७.२९ प्रतिशतमै विद्युतिय सवारी कर्जा

    ग्लोबल आइएमई बैंकको चाडपर्व लक्षित ड्राईभ उत्सव अफर, ७.२९ प्रतिशतमै विद्युतिय सवारी कर्जा

    कर्जा खबर।

    ग्लोबल आइएमई बैंकले चाडपर्वलक्षित अटो एक्स्प्रेस ड्राइभ उत्सव योजना सार्वजनिक गरेको छ । बैंकले प्रिमियमसहित ७ दशमलव २९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी कर्जा उपलब्ध गराउने गरी योजना सार्वजनिक गरेको हो ।

    बैंकको उक्त योजना अन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८ दशमलव १९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै ८ दशमलव ४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् ।

    यो योजना निजी प्रयोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरीदको लागि उपलब्ध हुनेछ । साथै कर्जा आवेदन प्रकृया पूरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।

    यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जानकारी दिएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ । हाल बैंकले ७ दशमलव ९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना समेत संचालन गरिरहेको छ ।