चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1091 of 1104
  • 2026-10-06
  • 16:04:20
  • मंगलबार,आश्विन २०, २०८३

About Author

जनताले गाउँ गाउँमा सिंहदरबार पुगेन भन्न थालिसके प्रधानमन्त्री : देउवा

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह सक्रिय भएर जनप्रतिनिधिहरु आए पनि जनताले गाउँ गाउँमा सिंहदरबार नपुगेको गुनासो गर्न थालेको बताएका छन्। स्थानीय तहका जनप्रतिनिधिलाई सोमबारदेखि सानेपाको हेरिटेज गार्डेनमा सुरु अभिमुखीकरण कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। उनले स्थानीय तहले राम्रोसँग काम गरेमा गाउँगाउँमा सिंह दरबार भन्ने नारा स्थापित हुने बताए। तर अहिले गाउँ गाउँमा सिंहदरबार नपुगेको गुनासो आइरहेको पनि देउवाले बताएका छन्। ुजनताले भन्न थालिसकेका छन्, गाउँगाउँमा सिंहदरबारको नारा लगाए पनि हामीले केही पाएनौुं, देउवाले जनप्रतिनिधिहरूलाई सम्बोधनका क्रममा भने, ुत्यसकारण स्थानीय तहले राम्रो काम गर्नुपर्छ। उनले अहिलेको पाँच दलीय गठबन्धन सरकार आगामी चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा गराउन कटिबद्ध रहेको पनि बताएका छन्।

News by जनताले गाउँ गाउँमा सिंहदरबार पुगेन भन्न थालिसके प्रधानमन्त्री : देउवा :