चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1097 of 1104
  • 2026-10-06
  • 16:03:39
  • मंगलबार,आश्विन २०, २०८३

About Author

जनसंख्याको आधारमा महिलाले प्रत्यक्ष तर्फ उम्मेदबारी दिनुपर्ने कानुनी व्यवस्था गरौं : सांसद सत्या पहाडी

काठमाडौं– नेकपा माओवादी केन्द्रकी सांसद सत्या पहाडीले जनसंख्याको आधारमा महिलाले प्रत्यक्ष तर्फ उम्मेदवारी दिने कानुनी सुनिश्चितता हुनुपर्ने माग गरिन्। प्रतिनिधि सभामा राखिएको महिलाको प्रतिनिधित्व सम्बन्धी ध्यानाकर्षण प्रस्तावको छलफलमा बोल्दै नले महिलाहरुको कम प्रतिनिधित्व हुनुको कारण निर्वाचन महंगो हुँदै जानु र पुरुषवादी सोच रहेको दाबी गरिन्। संसद्‌मा एक तिहाइ महिला निर्वाचित हुनुपर्ने व्यवस्था रहे पनि पुरुष प्रधान समाजले आफू अनुकुल व्याख्या गरेको उनले टिप्पणी उनले गरिन्। उनले इमान्दारितापूर्वक कार्यान्वयन नभएकाले अब जनसंख्या र बाध्यकारी रुपमा प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्त्व हुनुपर्ने माग गरिन्। उनले अबको निर्वाचन कानुनमा यो कुरा उल्लेख गर्न माग गर्दै उनले सवैको ध्यान जानुपर्ने बताइन्। निर्वाचन खर्चिलो हुँदै गएका कारण पनि महिलाहरुलाई समस्या परेकाले अहिलेको निर्वाचन र शासकिय स्वरुपमा पनि परिर्वतन गर्नुपर्ने उनको भनाइ छ। उनले युद्धको समयमा महिलाले एक काँधमा बन्दुक र पिठ्यूमा बच्चा बोकेर परिर्वतनसमेत ल्याएको भन्दै अबको निर्वाचनमा पनि प्रतिनिधित्व गराउने कुरा कानुनमै सुनिश्चित गर्नुपर्ने माग गरिन्।  

News by जनसंख्याको आधारमा महिलाले प्रत्यक्ष तर्फ उम्मेदबारी दिनुपर्ने कानुनी व्यवस्था गरौं : सांसद सत्या पहाडी :