चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1098 of 1102
  • 2026-10-06
  • 01:02:36
  • सोमबार,आश्विन १९, २०८३

About Author

सरकारले छानविन सुरु गरेसंगै सेवनको संचालकबाट ढकालले दिए राजिनामा

कर्जा खबर। नियामक निकायको संचालकमा बसेर बुक विल्डङबाट आउन लागेको सेयर सस्तोमा हात पारेका नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले राजिनामा दिएका छन । उद्योग वाणिज्य महासंघको तर्फबाट संचालक रहेका ढकालले नेपाल धितोपत्र बोर्डको संचालक समिति सदस्यबाट राजिनामा दिएका छन । महासंघको अध्यक्ष शेखर गोल्छालाई महासंघको तर्फबाट अर्को प्रतिनिधि पठाइदिन ढकालले आग्रह गर्नुभएको बताइएको छ । ढकाल नेतृत्व रहेको आइएमई र डिसहोमले पनि बुक विल्डङबाट आइपिओ ल्याउन लागेका छन् । आफू भेरै पव्लिक कम्पनीमा रहेको र संस्थागत शुसासनका हिसावले राम्रो नहुने भन्दै राजिनामा दिएका हुन् । सर्वोत्तम सिमेन्टको बुक विल्डङमा आउनुपहिलेनै नियामक निकायमा रहेका व्यक्तिहरुले सस्तोमा सेयर लिएका थिए । उता मंगलबार एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका थिए । सर्वोत्तम सिमेन्टको सेयरको बारेमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सीईओ साउदसँगै ढकाल समेत मुछिएका थिए ।

News by सरकारले छानविन सुरु गरेसंगै सेवनको संचालकबाट ढकालले दिए राजिनामा :