चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1075 of 1104
  • 2026-10-06
  • 16:03:44
  • मंगलबार,आश्विन २०, २०८३

About Author

महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं. १ बाट चुनाव लड्ने पक्का

झापा– मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने पक्का भएको छ। नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ ले शर्माको एकल नाम सिफारिस गर्ने निर्णयसँगै महामन्त्री शर्माले तेस्रोपटक आफ्नै निर्वाचन क्षेत्रबाट संघीय संसदमा चुनाव लड्ने पक्का भएको हो। झापा क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको आज बसेको बैठकले शर्माको एकल नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो। वि.सं।२०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गरेका थिए। त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले)का नेता रविन कोइरालाले शर्मालाई पराजित गरेका थिए।

News by महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं. १ बाट चुनाव लड्ने पक्का :