चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1105 of 1111
  • 2026-10-09
  • 17:07:13
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

सप्तकोशी प्रभावितको उद्धारलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन

काठमाडौं- सप्तकोशी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन्। आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै बस्ती पसेको छ। नदीले धार बदलेर गाउँ पासेपछि बेलकाका वडानम्बर १, २, ८ र ९ का नागरिकलाई स्थानान्तरण गर्न सुरु गरिएको छ। उनीहरूलाई प्रभावकारी रुपमा छिटो स्थानान्तरण गरी राहतको बन्दोबस्त गर्न गृहमन्त्री खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। नदी नजिकैको बस्तीमा पसिसकेको र गृहमन्त्री खाँणको निर्देशन अनुसार नागरिकलाई अन्यत्र सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुवास बोहोराले जानकारी दिए। गृहमन्त्री खाणले बेलकामा सप्तकोशीको कटानबारे परराष्ट्रमन्त्री डा.।नारायण खड्कासँग छलफल गरेका छन्। कटानबाट प्रभावित नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, बासस्थान र राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भएको हो। उदयपुर परराष्ट्रमन्त्री डा. खड्काको गृहजिल्ला हो।

News by सप्तकोशी प्रभावितको उद्धारलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन :