चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1091 of 1113
  • 2026-10-12
  • 23:46:03
  • सोमबार,आश्विन २६, २०८३

About Author

सेयरमा बजार २.८७ अंकको वृद्धि, डेढ अर्ब माथिको कारोबार

काठमाडौं– सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ। साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २.८७ अंक ९०.१४ प्रतिशत ले वृद्धि भएर २०५७.८५ अंकमा बन्द भएको छ। नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकममा भने खासै उत्साह देखिएन। आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार करिब १ अर्ब ७३ करोड र मंगलबार १ अर्ब ३३ करोडको कारोबार भएको थियो। तर बुधबार कारोबार रकम डेढ अर्ब नाघेपनि औसतभन्दा तलै रहेको। नेप्सेमा बुधबार ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ६१ लाख ८६ हजारको कारोबार भएको छ। जसमध्ये अरुण कावेली पावरको १६ करोड ९२ लाख ६६ हजारको कारोबार हुँदा अपी पावरको ८ करोड ८ लाख २५ हजार रिडी हाइड्रोपावरको ५ करोड ६४ लाख ६८ हजारको कारोबार भएको छ। मंगलबार कारोबार भएका मध्ये मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ। यस्तै रुरु जलविद्युत् कम्पनीको सेयरमूल्य ५.८६ प्रतिशले बढेको छ। यता सिद्धार्थ इक्विटी फण्डको इकाइ मूल्य ३.५८ प्रतिशतले गिरावट भएको छ। यस्तै गोर्खाज फाइनान्सको सेयर मूल्य २.३६ प्रतिशत र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य २.३१ प्रतिशतले घटेकोे छ।

News by सेयरमा बजार २.८७ अंकको वृद्धि, डेढ अर्ब माथिको कारोबार :