कानुन सबैलाई बराबर हो, नक्सा पास नभए जिल्ला अदालतमा पनि डोजर चल्छ : मेयर शाह - Chaitanya News
  • 2026-04-20
  • 22:05:20
  • सोमबार,बैशाख ०७, २०८३
  • कानुन सबैलाई बराबर हो, नक्सा पास नभए जिल्ला अदालतमा पनि डोजर चल्छ : मेयर शाह

    कानुन सबैलाई बराबर हो, नक्सा पास नभए जिल्ला अदालतमा पनि डोजर चल्छ : मेयर शाह

    काठमाडौं– काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाहले महानगरभित्र अनधिकृत रूपमा बनेका संरचना हटाउन सुरु गरेका छन्।

    काठमाडौं महानगरपालिकाले बुधबार बिहानैबाट महानगरभित्रका नक्सापासबिनाका संरचनामा डोजर चलाएर हटाइरहेको छ।

    महानगरपालिकाकाठमाडौंमा पार्किङका लागि नक्सा पास गरी बनाएका अनधिकृत संरचना डोजर लगाएर भत्काइएको हो। महानगरले काठमाडौं मल अगाडिको संरचना, खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलका संरचना डोजर लगाएको थियो।

    भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासबिना बनाइएका संरचनामा डोजर चलाएर हटाइएको हो।

    सोही क्रममा मेयर शाहले नक्सा पास नगरी बनाइएका जिल्ला अदालतका संरचना पनि हटाइने बताएका छन्। उनले कानुन सबैलाई लाग्ने र बराबरी हुने भन्दै अदालतलाई आफूले समय दिएको बताए।

    ‘ठूलोलाई लाग्ने सानोलाई नलाग्ने होइन, सबैलाई बराबर हो। हामीले जिल्ला अदालतलाई समय दिएका छौं। जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि त्यहीँ हुने हो,’ उनले भने।