चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 810 of 1156
  • 2026-11-23
  • 22:08:44
  • सोमबार,मंसिर ०८, २०८३

About Author

यू-२० महिला एसियन कपमा नेपाल र म्यानमार भिड्दै

काठमाडौं -  ए.एफ.सी यू-ट्वेन्टी महिला एसियन कप फुटबल छनोटको दोस्रो चरणको खेलमा मंगलबार नेपालले म्यानमारविरुद्ध खेल्दैछ । यो खेल नेपाली समय अनुसार मंगलबार साँझ पौने ६ बजे म्यानमारको यांगोनस्थित थुवुन्ना स्टेडियममा हुनेछ । म्यानमारलाई उसकै मैदानमा हराएर प्रतियोगिताको सुखद सुरुआत गर्ने नेपालको योजना छ । फिफा वरियतामा महिलातर्फ म्यानमार ४७ औं स्थानमा रहेको छ भने नेपाल एक सयौं स्थानमा छ । छनोटको दोस्रो चरणमा समुह ‘बि’ मा नेपाल र म्यानमारसँगै चीन र चाईनिज ताइपेइ पनि छन् । चिन विश्व वरियताको १३ औं स्थानमा छ भने चाइनिज ताइपेई ३७ औं वरियतामा छ । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा समूह विजेता बन्दै नेपाल दोस्रो चरणमा पुगेको हो ।

News by यू-२० महिला एसियन कपमा नेपाल र म्यानमार भिड्दै :