चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 702 of 1156
  • 2026-11-23
  • 21:25:23
  • सोमबार,मंसिर ०८, २०८३

About Author

तीन राजदूत नियुक्त, को कहाँ ?

राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राजदूतमा नियुक्त गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सुधिर भट्टराईलाई फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूतमा र घनश्याम लम्साललाई कुवेतका लागि राजदूतमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उनीहरूलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ ।