चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 631 of 1154
  • 2026-11-23
  • 11:38:43
  • सोमबार,मंसिर ०८, २०८३

About Author

सरकारले आज र भोली ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

काठमाडौं- सरकारले आज र भोली भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदैछ। यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आब्हान र संयोजकत्वमा आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो। सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरेको छ। तर, यसअघि नियमित रुपमा परेको मितिमा यसपटक नेपालीहरुको महान पर्व बडादसैँ परेपछि पूर्व निर्धारित मिति सार्नु परेको थियो। जसकाकारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो। दुई दिनसम्म चल्ने सो अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यसका अनुसार सोही कार्यक्रम अन्तर्गत आज र भोली गरी यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने योजना रहेको छ।