शाखा अधिकृतको लिखित नतिजा सार्वजनिक, लेखापरीक्षणदेखि परराष्ट्र सेवासम्मका परीक्षार्थीको नतिजा प्रकाशित - Chaitanya News
  • 2026-10-10
  • 12:49:26
  • शनिबार,आश्विन २४, २०८३
  • शाखा अधिकृतको लिखित नतिजा सार्वजनिक, लेखापरीक्षणदेखि परराष्ट्र सेवासम्मका परीक्षार्थीको नतिजा प्रकाशित

    शाखा अधिकृतको लिखित नतिजा सार्वजनिक, लेखापरीक्षणदेखि परराष्ट्र सेवासम्मका परीक्षार्थीको नतिजा प्रकाशित

    काठमाडौँ– लोक सेवा आयोगले लेखापरीक्षण, प्रशासन, संघीय संसद् तथा परराष्ट्र सेवाअन्तर्गत शाखा अधिकृत वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    आयोगको केन्द्रीय कार्यालयले बिहीबार विज्ञापन नम्बर १६७०१ देखि १६७०७ सम्म, ०८२/८३ अन्तर्गत सञ्चालन गरेको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशित गरेको हो।

    राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत वा सो सरह पदका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएसँगै सम्बन्धित सेवामा प्रतिस्पर्धा गरेका परीक्षार्थीले आफ्नो नतिजा हेर्न सक्नेछन्।

    आयोगले सार्वजनिक गरेको नतिजामा लेखापरीक्षण सेवासहित सम्बन्धित सेवा तथा समूहका परीक्षार्थी समेटिएका छन्।