काठमाडौं– तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा बाढी आएको छ। तर, क्षतिको विवरण आउन बाँकी छ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार धेरै थोक नोक्सान भएको बताउाछन। ‘अकास्मात बाढी आयो। धेरै थोक नोक्सान भएको छ,’ उनले भने, ‘तल्लो तटमा हाइड्रोका आयोजनाहरु बगेको भन्ने आएको छ। बस्तीमा पनि बाढी पसेको खबर आएको छ। धेरै कुरामा क्षति भएको छ।’
नेपाली क्षेत्रमा पानी नपरेकाले पारि ९चीन०बाट आएको हुनसक्ने उनले बताए । ‘हाम्रो साइडमा ठूलो खालको ग्लेसर थिएन । पारीबाट आएको भन्ने छ,’ उनले भने, ‘यता पनि परेको थिएन । हिजो राति धुन्चे तिर अलि अलि परेको थियो । तर बाढी आउने गरी परेको छैन ।’
उद्धारमा समेत अहिले कठिनाइ भएको छ। ‘आर्मीको हेलिकप्टर निरीक्षणमा गइसकेको छ,’ उनले भने । थप क्षतिबारे बुझ्ने काम भइरहेको उनले बताए।