प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने - Chaitanya News
  • 2026-08-26
  • 10:02:21
  • बुधबार,भाद्र १०, २०८३
  • प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने

    प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने

    काठमाडौँ– आज (बुधबार) आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सांसदका प्रश्नको जवाफ दिने भएका छन्।

    संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

    बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१–८२ प्रस्तुत गर्ने छन्। यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने छन्। त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ।