उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै, के छ कार्यसूची ? - Chaitanya News
  • 2026-08-25
  • 09:38:10
  • मंगलबार,भाद्र ०९, २०८३
  • उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै, के छ कार्यसूची ?

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौँ– आज (मंगलबार) प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ।

    बैठक उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हलमा बस्ने तय भएको छ। बैठकमा संसद् सचिवालयका अनुसार आजको बैठकमा आउटसोर्सिङका माध्यमबाट गरिने श्रमिक व्यवस्थापनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ।

    बैठकमा उठेका विषयवस्तुको जवाफ दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र मन्त्रालयका सचिवलाई डाकिएको छ। बैठक बिहान १० बजे बस्ने भएको छ ।