यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर - Chaitanya News
  • 2026-08-25
  • 09:19:07
  • मंगलबार,भाद्र ०९, २०८३
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ– आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

    युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०९ रुपैयाँ २८ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १९० रुपैयाँ ५७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ३१ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ५३ पैसा र बिक्रीदर ११० रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ३६ पैसा र बिक्रीदर १२० रुपैयाँ ८३ पैसा तोकिएको छ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ ११ पैसा कायम भएको छ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११ रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ११ पैसा र बिक्रीदर १६ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८६ पैसा र बिक्रीदर २३ रुपैयाँ ९५ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ५०० रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ५४ पैसा बिक्रीदर ४०७ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ७२ पैसा रहेको छ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।