आज एकै दिन पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-08-25
  • 14:51:36
  • मंगलबार,भाद्र ०९, २०८३
  • आज एकै दिन पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    आज एकै दिन पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (सोमबार) एकै दिन विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दै छन् ।

    जसअनुसार, बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा “पर्यटन विधेयक, २०८१” सम्बन्धमा नेपाल पर्वतारोहण संघ लगायत सरोकारवाला निकायहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।

    यस्तै कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।

    यसैगरी, पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारीका बारेमा छलफल हुने कार्यसूची छ। जसका लागि समितिले लगानी बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल–इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका प्रतिनिधिहरूलाई आमन्त्रित गरेको छ।

    विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग ९नियन्त्रण० विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ। छलफलका लागि समितिले कृषि मन्त्री, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई बोलाएको छ।

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विज्ञ धनप्रसाद लामिछानेसँग खर्क नीति सम्बन्धमा छलफल हुने कार्यसूची छ।