समालोचना विधामा नयाँ मानक स्थापित गर्ने गोपी मैनालीको विवचार र विचरण - Chaitanya News
  • 2026-07-13
  • 12:32:45
  • सोमबार,आषाढ २९, २०८३
  • समालोचना विधामा नयाँ मानक स्थापित गर्ने गोपी मैनालीको विवचार र विचरण

    समालोचना विधामा नयाँ मानक स्थापित गर्ने गोपी मैनालीको विवचार र विचरण

    वरिष्ठ स्रष्टा गोपी मैनालीको समालाचनात्मक अन्वेषणको विचार र विचरणले समालोचना विधाको पुनर्जागरण र नवीन मानक स्थापना गरेको वरिष्ठ समालोचकहरुबाट वताएका छन् । आषाढ २८ गते काठमाडौंको नयाँ बानेश्वरमा वरिष्ठ तथा उदीयमान स्रष्टा, समालोचक, प्राज्ञ, प्राध्यापक, आमसञ्चारकर्मी र विद्वान बौद्धिक व्यक्तित्वहरुको भव्य भेलामा समालोचना सिर्जनाशील चेत सहितको प्रज्ञा चाहिने विषय भएको निष्कर्ष निकालियो ।

    कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक प्राध्यापक डा.अभि सुवेदीले गोपी मैनालीको विचार र विचरण नेपाली समालोचनाको क्षेत्रमा छुट्टै मानक राखेको र आफूले पहिल्यैदेखि नै सिर्जनात्मक चेत सहितको समालोचनाको मान्यता राख्दै आए पनि मैनालीबाट मात्र त्यो पाएको उल्लेख गरे । उनका अनुसार विश्वविद्यालयको कोठामा गरिने समालोचना भन्दा विशिष्ट र विविध आयामलाई एकैसाथ वोकेको उल्लेख गरे । समालोचनाका लागि धेरै विचार, दर्शन, मूल्य लगायत धेरै विधाको ज्ञान चाहिने र ज्ञानको अथोरिटीले त्यसलाई विवेचना गर्न सक्ने हुन्छ, जुन आफूले विचार र विवेचनामा पाएको बताए । कृति लोकार्पण कार्यक्रममा वरिष्ठ समलोचक द्वय प्रा डा खगेन्द्र लुइटेल र युवराज मैनाली, प्राज्ञ दिनेशराज पन्त, पत्रकार वसन्त बस्नेत, ग्लोवल डायस्पोरा नेटवर्ककी शरु जोशी, भाषाविद डा लवदेव अवस्थी, लोकसेवा आयाृगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनाली, वरिष्ठ कवि कलानिधि दाहाल लगायतका वक्ताले मैनालीको लेखकीय व्यक्तित्व र सिर्जनाकला माथि प्रकाश पारेका थिए ।


    लोकार्पित कृति ‘विचार र विचरण समालोचनात्मक अन्वेषण’ मा ईशापूर्व चार हजारदेखि आजसम्म, ढुंगेयुगदेखि एआई युगसम्मका करिव हजारभन्दा बढी स्रष्टाका प्रसंग र सिर्जनाको विचरण र अन्वेषण गर्नुभएको छ । कृतिमा दार्शनिकहरु सेक्रेटसदेखि ओशोसम्म, कारागार स्रष्टा नेल्सनमण्डेलादेखि वीपी कोइरालासम्म, नियात्राकार एजिावेथ ग्यालव्रेथदेखि गीता खत्रीसम्म, उपन्यासकार गोर्की, अष्टिनदेखि विकलसम्म, गीतकार गुल्जारदेखि किरण खरेलसम्म, लघुकथाकार खलिल जिव्रानदेखि युवराज मैनालीसम्म, निबन्धकार डि मोँते देखि लक्ष्मीप्रसाद देवकोटासम्म, डायस्पोरिक साहित्य भिएस नयपालदेखि माया एँजेलोसम्म, महाकाव्यकार जयशंकरप्रसाददेखि हरिभक्त सिग्देलसम्म, नारी स्रष्टा अमृता अष्टेनदेखि पारिजात बानिरासम्म र हेर्नेकथा, विचारक माक्र्सदेखि आशोसम्म, क्रान्तिकारी साहित्य, विज्ञानकथा, बालसाहित्य लगायतका विधाहरुको विचरण गरी आफ्ना विचार दिइएको छ र सबै विधामा मानकीयता स्थापिना गर्न खोजिएको छ । पूर्वीय तथा पश्चात्य साहित्य चिन्तन र प्रयोगको विश्लेषण छ ।

    समयसंग साहित्य कसरी बदलिएको छ र समयले साहित्यलाई कसरी बदल्छ भन्ने पनि देखाइएको छ । नेपाली साहित्य र विश्वसाहित्यको तुलना पनि गरिएको छ । समालोचना विधा ओझेलमा परेको र शास्त्रीय शैलीका कृति समीक्षालाई समालोचना भनिएको सन्दर्भमा गोपी मैनालीको विचार र विचरणले नयाँ बहस, नवीन मान्यता र नयाँ दृष्टिकोण दिएको छ ।