काठमाडौँ– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले साढे ४ अर्ब बजेट पाएको छ। मन्त्रालयलाई सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि कुल बजेटको एक प्रतिशत रकम विनियोजन गरेको छ। प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले बिहीबार प्रतिनिधि सभामा बोल्दै यसको रकम चार अर्ब रहेको जानकारी दिए।
‘बजेट चार अर्ब जति रुपैयाँ छ’ पुनले भने, ‘चार अर्ब जुन छुट्याइएको छ। यसमा पनि साढे तीन अर्ब अबन्डामा छ।’
नयाँ मन्त्रालय भएकोले नयाँ कार्यक्रम बनाउनुपर्ने भएकाले यसो गर्नुपरेको उनले बताए।