1.विश्वको शुन्य डिग्री अक्षांश र शुन्य डिग्री बिन्दु कुन महासागरमा अवस्थित छ ?
A.प्रशान्त महासागर B. हिन्द महासागर C. सुमेरु महासागर D. आन्ध्र महासागर
2. तलका भनाईहरु अध्ययन गरी सहि गलत छुट्याउनुहोस् ।
१. ‘Null island’ भुमध्य रेखामा पर्छ ।
२. भुमध्य रेखाले छुने SAARC का राष्ट्र श्रीलंका र माल्दिभ्स हुन् ।
३. मकर रेखाले छुने दक्षिण अमेरिका, अफ्रिका र अष्ट्रेलिया महादेशलाई मात्र छुन्छ ।
A.सबै सहि B. १ र ३ मात्र सहि C. २ र ३ मात्र सहि D. सबै गलत
3. कुन ग्रहलाई पृथ्वीको जुम्ल्याहा ग्रह भनिन्छ ?
A. बुध B. मंगल C. शुक्र D. बरुण
4. वि.सं.२०८२ को उद्योग दिवसको नारा के रहेको थियो ?
A. स्वदेशी उद्यम र उत्पादन :दिगो औद्योगिक पुनरुत्थान
B. औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार
C. उद्योग र पुर्वाधार, आर्थिक वृद्धिको प्रमुख आधार
D. सबल उद्योग र रोजगार, समृद्धि र सुखको आधार
5. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
समूह I समूह II
a. गुप्त संवत 1.जुद्धशमशेर
b. विस्केट जात्रा 2.अंशुवर्मा
c. पेन्सनको सुरुवात 3.सुवर्ण मल्ल
d. नवदुर्गा नाँच 4.जगज्योती
A) a1,b2,c4,d3 B) a2,b4,c1,d3 C) a3,b4,c2,d1 D) a2,b3,c4,d1
6. ‘जिवित राजा’ भनेर कसलाई चिनिन्छ ?
A. प्रताप मल्ल B. योगनरेन्द्र मल्ल C. जयप्रकाश मल्ल D. भिम मल्ल
7. लाकड जातिको मुख्य बसोबास स्थान कुन हो ?
A. मुगु B. दार्चुला C. बैंतडी D. जाजरकोट
8. विश्व इतिहासका घटनाहरु अध्ययन गरी सहि क्रम छनौट गर्नुहोस्
1. जापानबाट कोरिया स्वतन्त्र
2. दोस्रो विश्व युद्धमा जापानको आत्मसम्पर्ण
3. हिटलरको आत्माहत्या
5. बेलायतबाट भारत स्वतन्त्र
6. शीत युद्धको शुरु
A) 3,2,1,5,4 B) 1,2,3,4,5 C) 5,4,3,2,1 D) 1,2,3,5,4
9. संघ, प्रदेश र स्थानीय तह बीचको अन्तरसम्बन्धको व्यवस्था कति भागमा गरिएको छ ?
A. भाग १९ B. भाग २० C. भाग २५ D. भाग २६
10. तलका मध्ये नेपालको कुन नदी महाभारत श्रृंखलाबाट उत्पति भएको होईन् ?
A. कन्काई B. बबई C. कमला D. वाणगंगा
11. नेपालले गरेको सम्झौता अनुसार ठीक बेठीक पहिचान गर्नुहोस् ।
१) MCC – अमेरिका
२) Labor Agreement – कतार
३) BIPPA – फ्रान्स
४) DTAA – भारत
A. सबै ठिक B. २ र ४ ठीक C. १ र २ ठीक D. १,२ र ३ ठीक
12. तलका मध्ये भारोपेली भाषा परिवारमा नपर्ने भाषा कुन हो ?
A. बोटे B. भोजपुरी C. थकाली D. मैथली
13. १६ औ योजनाले योजनाको अन्त्य सम्म लिएको लक्ष्य अनुसार कुन भनाई गलत छ ?
A. दिर्घकालीन सोच “समृद्ध नेपाल, सुखी नेपाली ” रहेको छ ।
B. सोच “सुशासन, सामाजिक न्याय र समृद्धि” रहेको छ ।
C. स्वास्थ्य बिमामा आवद्ध जनसंख्या ७० प्रतिशत पु¥याउने लक्ष्य रहेको छ ।
D. ग्लोबल साईबर सुरक्षा सूचकांक ८० पु¥याउने लक्ष्य लिएको छ ।
14. उत्पादन क्षमताका आधारमा नेपालका जलविद्युत आयोजनाहरुको उपयुक्त क्रम पहिचान गर्नुहोस् ।
A. सोलु दुधकुण्ड, कुलेखानी, खिम्ती, भोटेकोशी, मध्य मस्र्याङदी,
B. कुलेखानी, सोलु दुधकुण्ड, मध्य मस्र्याङदी, खिम्ती, भोटेकोशी
C. सोलु दुधकुण्ड, भोटेकोशी, कुलेखानी, मध्य मस्र्याङदी, खिम्ती,
D. कुलेखानी,सोलु दुधकुण्ड, खिम्ती, मध्य मस्र्याङदी, भोटेकोशी
15. तलका मध्ये भौगोलिक खोज र अनुसन्धान सँग सम्बन्धित जोडा कुन गलत छ ?
A) C.Columbus – ईटाली B) Ferdinand Magallan – पोर्चुगल
C) Jacques Cartier – अमेरिका D) Francis Drake – बेलायत
16.दिगो विकासको लक्ष्य (२०१६-२०३०) अनुसार सन् २०३० सम्ममा नेपालले कुल गार्हस्थ उत्पादनको तुलनामा कति प्रतिशत खर्च विकास र अनुसन्धानमा गर्नेछ ?
A) 1% B) 1.25% C) 1.5% D) 2%
17. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. रेडियो 1. क्रिष्टोफर सोल्स
b. रिवल्भर 2. साईमन लेक
c. टाईपराईटर 3. स्यामुयल कोल्ट
d. पनडुब्बी 4. गुग्लिल्लो मार्कोनी
A) a4,b3,c2,d1 B) a2,b1,c3,d4 C) a4,b3,c1,d2 D) a2,b3,c4,d1
18. राष्ट्रिय जनगणना २०७८ अनुसार लैंङ्गिक अनुपात कति रहेको छ ?
A. ९५.५९ प्रतिशत B. ९५.६० प्रतिशत C. ९५.६१ प्रतिशत D. ९५.६२ प्रतिशत
19. ९७ औ इकअबच ब्धबचमक मा उत्कृष्ट अभिनेत्री को हुन् ?
A) Mikey Madison B) Ana de Armas C) Michelle Williams D) Andrea Riseborough
20. ब्रुटल्याण्ड प्रतिवेदन अनुसार दिगो विकास भन्नाले के बुझिन्छ ?
A. वातावरण र विकास बीच तालमेल मिलाउनु,
B. प्राकृतिक स्रोतको संरक्षण गर्नु,
C. प्राकृतिक स्रोत र साधनको समुचित उपयोग गर्नु,
D. भविष्यको पुस्ताको आवश्यकतासँग सम्झौता नगरी वर्तमान आवश्यकता परिपुर्ति गर्नु ।
उत्तरः
1. A 11. A
2. B 12. C
3. C 13. D
4. B 14. B
5. B 15. C
6. B 16. C
7. C 17. C
8. A 18. A
9. B 19. A
10. D 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100