काठमाडौं उपत्यकाका डीआईजी ओम अधिकारी र ट्राफिक प्रमुख नवराज अधिकारी पुरस्कृत - Chaitanya News
  • 2026-05-24
  • 13:51:13
  • आइतबार,जेठ १०, २०८३
  • काठमाडौं उपत्यकाका डीआईजी ओम अधिकारी र ट्राफिक प्रमुख नवराज अधिकारी पुरस्कृत

    काठमाडौं उपत्यकाका डीआईजी ओम अधिकारी र ट्राफिक प्रमुख नवराज अधिकारी पुरस्कृत

    काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम अधिकारी र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका प्रमुख एसएसपी (वरिष्ठ उपरीक्षक) नवराज अधिकारी पुरस्कृत भएका छन्।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उनीहरुलाई पुरस्कृत गरेको हो। रानीपोखरीका प्रमुख तथा एआईजी (अतिरिक्त प्रहरी महानिरीक्षक) ईश्वर कार्कीले उनलाई पुरस्कृत गरेका हुन्।

    उनीहरुले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत गरिएको रानिपोखरीले जनाएको छ। जेनजी आन्दोलनपछि ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा खटिएर काम गरिरहेका छन्।

    एसएसपी अधिकारीले जेनजी आन्दोलन हुँदा तहस नहस भएको ट्राफिक कार्यालय सञ्चालनमा ल्याउन र ट्राफिकको मनोबल बढाउने उत्कृष्ट भूमिका खेलेको बनाइएको छ।

    उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेको, मातहत कर्मचारीको मनोबल बढाउने काम गरेको, ट्राफिक कारबाही र राजश्व वृद्धिमा पनि उल्लेख्य काम गरेको, चोरी भएका तथा हराएका सवारीहरू खोजतलास गरी धनीलाई हस्तान्तरण गर्ने काम उत्कृष्ट तवरले गरेको भन्दै पुरस्कृत गरिएको हो।

    पछिल्लो करिब एक महिनादेखि एसएसपी अधिकारीले उपत्यका ट्राफिकको कमाण्ड सम्हाल्दै आएका छन्। जेनजी आन्दोलनपछि हुँदा खाली खुट्टा, बिना बर्दी पनि ट्राफिक सडक ड्युटीमा खटिएर काम गरेका थिए ।