परीक्षा समाप्तिपछि प्रश्नपत्र फिर्ता नगरी साथमा लैजाने उम्मेदवारको परीक्षा रद्द - Chaitanya News
  • 2026-05-21
  • 15:24:24
  • बिहिबार,जेठ ०७, २०८३
  • परीक्षा समाप्तिपछि प्रश्नपत्र फिर्ता नगरी साथमा लैजाने उम्मेदवारको परीक्षा रद्द

    परीक्षा समाप्तिपछि प्रश्नपत्र फिर्ता नगरी साथमा लैजाने उम्मेदवारको परीक्षा रद्द

    काठमाडौं– परीक्षा समाप्तिपछि अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने वस्तुगत प्रश्नपत्र फिर्ता नगरी आफूसँगै लिएर जाने एक उम्मेदवारको परीक्षा रद्द भएको छ। आज (बिहीबार) लोक सेवा आयोगले परीक्षा समाप्तिपछि अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने वस्तुगत प्रश्नपत्र फिर्ता नगरी आफूसँगै लिएर जाने एक उम्मेदवारको परीक्षा रद्द गरेको हो ।

    आयोगको केन्द्रीय कार्यालयले सूचना जारी गर्दै उक्त उम्मेदवारको परीक्षा नियम उल्लङ्घनका कारण रद्द गरिएको जनाएको हो।

    लोक सेवा आयोग बुटवल कार्यालयको विज्ञापन नं. १३८०१ (१३८०५–०८२–८३), रा.प। अनं.प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा सरह पदका लागि २०८३ वैशाख २० गते सिद्धार्थ गौतम बुद्ध क्याम्पस (ग) केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो।

    सो परीक्षामा रोल नं। ५५१६५८, मास्टर आईडी १०२३९७१७ भएका परीक्षार्थी, रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका स्थायी ठेगाना भई हाल बसोबास गर्दै आएकी परमशिला कुर्मीले वस्तुगत प्रश्नपत्र अनिवार्य रूपमा बुझाउनुपर्नेमा सो नगरी आफूसँगै लगेकी पाइएको आयोगले जनाएको छ।

    उक्त कार्य लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) विपरीत भएको ठहर गर्दै सोही ऐनको दफा ४१९२० बमोजिम उनको परीक्षा रद्द गर्ने निर्णय गरिएको आयोगद्वारा जारी सूचनामा उल्लेख छ।