लोक सेवाद्वारा वरिष्ठ क्लिनिकल साइकोलोजिष्टमा सिफारिस रामपुकार साहको नियुक्ति सिफारिस बदर - Chaitanya News
  • 2026-05-18
  • 16:04:22
  • सोमबार,जेठ ०४, २०८३
  • लोक सेवाद्वारा वरिष्ठ क्लिनिकल साइकोलोजिष्टमा सिफारिस रामपुकार साहको नियुक्ति सिफारिस बदर

    लोक सेवाद्वारा वरिष्ठ क्लिनिकल साइकोलोजिष्टमा सिफारिस रामपुकार साहको नियुक्ति सिफारिस बदर

    काठमाडौँ– लोक सेवा आयोग वरिष्ठ क्लिनिकल साइकोलोजिष्ट पदमा स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको नियुक्ति सिफारिस बदर गरेको छ।

    आयोगले विज्ञापन नम्बर १७२६०–०८१–८२ (खुला), नेपाल स्वास्थ्य सेवा, विविध समूह, साइकोलोजी उपसमूह, नवौँ तह, वरिष्ठ क्लिनिकल साइकोलोजिष्ट पदमा स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवार रामपुकार साहको नियुक्तिको सिफारिस बदर गरेको हो।

    साहविरुद्ध परेको उजुरी उपर छानबिन हुँदा निजको अनुभव नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १५ को उपनियम ३ बमोजिम नपुग्ने देखिएकोले निजको दरखास्त, परीक्षा, अन्तर्वार्ता र नियुक्ति सिफारिस बदर गर्ने र सोही अनुसार प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा लेखी पठाउन आयोगले भनेको छ।