लोक सेवाद्वारा उपसचिव पदका उम्मेदवारको परीक्षा रद्द - Chaitanya News
  • 2026-06-28
  • 16:23:37
  • आइतबार,आषाढ १४, २०८३
  • लोक सेवाद्वारा उपसचिव पदका उम्मेदवारको परीक्षा रद्द

    लोक सेवाद्वारा उपसचिव पदका उम्मेदवारको परीक्षा रद्द

    काठमाडौँ– लोक सेवा आयोगले उपसचिव वा सो सरह पदका उम्मेदवारको परीक्षा रद्द गरी कारबाही गरेको छ।

    आज (बिहीवबर) लोकसेवा आयोगको केन्द्रीय कार्यालयले एक सूचना जारी गरी उपसचिव पदका उम्मेदवार योगराज गिरीको परीक्षा रद्द गरी कारबाही गरेको हो। आयोगले विज्ञापन नम्बर १६६६४–१६६७१र८२–८३ (आन्तरिक) उपसचिव वा सो सरह पदको लिखित परीक्षामा अनामनगर परीक्षा केन्द्रमा मास्टर आइडी ८६२९७३ र रोल नम्बर ८७२०७६ भएका गिरीले परीक्षाको विषयवस्तुसँग सम्बन्धित टिपोट आफ्नो सिटको टेबलमा लेखेर परीक्षामा सहभागी भएको पाइएको आयोगले जनाएको छ।

    यो कार्य लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१ ९१० बमोजिमको कसुर ठहरिएको छ। सोही ऐनको दफा ४१ ९२० बमोजिम आयोगले गिरीको विज्ञापन नम्बर १६६६४–१६६७२–०८२–८३ का सबै परीक्षा रद्द गरी आगामी एक वर्षसम्म आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी नगराउने निर्णय गरिएको सूचनामा उल्लेख छ।