1. World happiness index ,2025 अनुसार विश्वमा सबैभन्दा धेरै खुशी देशको शीर्ष स्थानमा कुन राष्ट्र रहेको थियो ?
A. फिनल्याण्ड B. डेनमार्क C. स्विडेन D. नर्वे
2. दरबार हाईस्कुलमा प्रथम महिला प्रधानध्यापकका रुपमा शारदा कुमारी पौडेल कहिले नियुक्त भईन् ?
A. November 10, 2025, B. November 15, 2025,
C. November 18, 2025, D. November 20, 2025,
3. प्रमुख व्यापारिक नाका लामाबगर कहाँ पर्छ ?
A. मुगु B. दोलखा C. मुस्ताङ D. गोरखा
4. तलका भनाइ अध्ययन गरी उत्तम विकल्पको छनौट गर्नुहोस् ।
१. कोशीको सबैभन्दा सानो सहायक नदी अरुण हो ।
२. कोशीको औषत जलप्रवाह १६५४ क्युविक मिटर प्रति सेकेण्ड छ ।
३. गण्डकीको सबैभन्दा सानो सहायक नदी कालीगण्डकी हो ।
A. १ र ३ बेठिक २ ठिक B. १ ठिक २ र ३ बेठिक C. सबै ठिक D. सबै बेठिक
5. जोड डाल्टन विज्ञानको कुन विद्यासँग सम्बन्धित छन् ?
A. भौतिकशास्त्र B. रसायनशास्त्र C. चिकित्साशास्त्र D. अन्तरीक्ष क्षेत्र
6. तलका भनाई विचार गरी सही विकल्प छनौट गर्नुहोस् ।
क) कार्टगेना महासन्धिमा नेपालले सन् २००१ मार्च २ मा (मुरारीराज शर्माले) हस्ताक्षर गरेको थियो ।
ख) रियो सम्मेलनले जैविक विविधता तथा जलवायु परिवर्तन सम्बन्धी महासन्धि पारित गरेको थियो ।
A. क सही B. ख सही C. दुवै सही D. क र ख दुवै सही होइन्
7. चालू १६ योजनाले योजनाको अन्त्यसम्ममा कुल ग्राहस्थ उत्पादनमा उत्पादमुलुक उधोगको योगदानलाई कति प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ?
A. २.५% B. ५.५% C. ५.४% D. ३.५%
8. सार्क राष्ट्रहरुद्धारा द्धीपक्षीय मामिलामा अनौपचारिक वार्ता गर्ने ‘रिट्रिट’ कार्यक्रमको सुरुवात कहिले देखि भएको हो ?
A) सातौं शिखर सम्मेलन देखि B) नवौँ शिखर सम्मेलन देखि
C) आठौं शिखर सम्मेलन देखि D) दशौं शिखर सम्मेलन देखि
9. संयक्त राष्ट्र संघको पहिलो विशिष्टकृत संस्था अर्न्तराष्ट्रिय श्रम संगठन (ILO) हो भने पछिल्लो विशिष्टकृत संस्था कुन हो ?
A. UNIDO B. IFAD C. WIPO D. UNWTO
10. क्षेत्रफलका आधारमा सानोबाट ठूलो सार्क राष्ट्रहरूको क्रम कुन सही हो ?
A. माल्दिभ्स, भुटान, नेपाल, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भारत
B. भुटान, माल्दिभ्स, नेपाल, श्रीलंका, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, भारत
C. माल्दिभ्स, भुटान, श्रीलंका, नेपाल, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, भारत
D. माल्दिभ्स, भुटान, श्रीलंका, बंगलादेश, नेपाल, अफगानिस्तान, पाकिस्तान, भारत
11. धान दिवसका सम्बन्धमा कुन भनाई ठीक ?
i. नेपालमा धान दिवस सर्वप्रथम वि.स. २०६१ साल देखि मनाउन शुरु गरिएको हो ।
ii प्रत्येक असार १५ मा धान दिवस मनाईन्छ ।
iii.२२औ राष्ट्रिय धान दिवस२०८२ को नारा -“धान बालीमा सघनता: खाद्यसुरक्षा र आत्मनिर्भरता”रहेको थियो ।
A. भनाई i मात्र ठीक B. भनाई ii मात्र ठीक C. भनाई iii मात्र ठीक D. माथिका सबै ठीक
12. डोटि कुन राज्य अन्तर्गत पर्दथ्यो ?
A. बाइसे राज्य B. चौविसी राज्य C. माझ किरात D. कर्णाटक राज्य
13. सुशासनमा जवाफदेहिता कायम गर्ने आधार कुन हो ?
1. उत्तरदायित्व 2. पारदर्शिता 3. समानता 4. रणनीतिक दृष्टिकोण
A. 1 मात्र B. 1 र 2 मात्र C. 4 मात्र D. 1 र 3 मात्र
14. राष्ट्रिय गौरवका आयोजना र ती आयोजनाका तालुक मन्त्रालय बीच जोडा मिलानमा नमिल्ने कुन हो/हुन् ?
समूह I (मन्त्रालय) समूह II (राष्ट्रिय गौरवका आयोजना)
1. मेलम्ची खानेपानी आयोजना– सहरी विकास मन्त्रालय
2. बुढीगण्डकी जलविजद्युत आयोजना- उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
3. काठमाडौँ तराई द्रुतमार्ग – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
4. राष्ट्रपति चुरे संरक्षण आयोजना- वन तथा वातावरण मन्त्रालय
A. 1 मात्र B. 1 र 2 मात्र C. 1 र 3 मात्र D. 1 र 4 मात्र
15. असंलग्न राष्ट्रको प्रथम शिखर सम्मेलनमा नेपालबाट कसले सहभागिता जनाएका थिए ?
A. टंक प्रसाद आचार्य B. श्री ५ महेन्द्र
C. मातृकाप्रसाद कोइराला D. डा.के.आइ. सिंह
16. आकाशीय पिण्डहरुको बारेमा अध्ययन गर्ने विषयलाई वैज्ञानिक भाषामा के भनिन्छ ?
A. Astrology B. Astronomy C. Archaeology D. Acoustilogy
17. नेपालले जैविक विविधता महासन्धिलाई कहिले अनुमोदन गरेको हो ?
A. 23 November 1991 B. 23 November 1992
C. 23 November 1993 D. 23 November 1994
18. जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् ।
क) रेडियम १) अल्फ्रेड वर्नहार्ड नोवल
ख) वासिङ मेशिन २) वाटरमेन
ग) फाउन्टेन पेन ३) म्याडम क्यूरी
घ) डाइनामाइट ४) चार्ल्स स्टोन
A. क३, ख४, ग२, घ१ B. क४, ख३, ग२ घ१
C. क१, ख२, ग३, घ४ D. क२ ख४, ग१, घ३,
19. “Genius is one percent inspiration and Ninety Nine percent perspiration” भन्ने वैज्ञानिक को हुन् ?
A. माइकल फराडे B. यूक्लीड C. आर्किमिडीज D. थोमस एल्वा एडिसन
20. विश्वमा सन् १९८३ बाट आएको इको टुरिज्मको अवधारणा नेपालमा कुन योजनाबाट भित्रिएको थियो ?
A. पाँचौ B. छैठौँ C. सातौँ D. आठौँ
उत्तरः
1. A 11. D
2. D 12. A
3. B 13. B
4. D 14. C
5. B 15. B
6. C 16. B
7. C 17. C
8. B 18. A
9. A 19. D
10. D 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 136