Chaitanyakhabar
काठमाडौँ– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक केही बेरअघिबाट सुरु भएको हो।
आजको बैठकले पनि केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने जनाइएको छ।
पितृहरूको सम्झनामा प्रेमराज भट्टले स्थापना गरे अक्षय कोष
धनगढीमा शनिवारीय महिला उद्यम मेला पुनः सुरु
नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक
काँग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित, यस्तो छ राजनीतिक यात्रा
अत्तरिया: कैलालीको अत्तरियाका व्यवसायी प्रेमराज भट्टले आफ्ना स्वर्गीय भाइ निर्मलकुमार भट्टसहित पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना गरेका छन्। भट्टले गोदावरी नगरपालिका–२ मा रहेको सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयमा १ लाख ११ हजार १११ रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन्। आश्विन कृष्ण औँसी अर्थात् पितृपक्षको औँसीका अवसरमा शनिबार भट्टले पत्नी कृष्णासहित विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिस्नादेवी…
धनगढी: महिलामा रहेको ज्ञान, सीप र कलालाई उद्यमशीलतासँग जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले कैलालीको धनगढीमा शनिवारीय महिला उद्यम मेला पुनः सञ्चालनमा आएको छ। वर्षा र हावाहुरीका कारण केही समय रोकिएको मेला माग बढेसँगै असोज २४ गतेदेखि पुनः सुरु गरिएको हो। धनगढी उपमहानगरपालिका–१ स्थित जेन्जी मार्गमा सञ्चालन हुने मेलाको उद्घाटन शनिबार एक कार्यक्रमका बीच धनगढी…
काठमाडौँ: नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकका लागि इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा एक महिना बोनस तथा सहुलियत दरमा मोबाइल डाटा, भ्वाइस र सन्देश प्याकेज उपलब्ध गराउने भएको छ। कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ फाइबर टु द होम (एफटिटीएच) प्याकेज जडान…
काठमाडौँः नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन्। सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीलाई फराकिलो मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन्। निर्वाचन समितिका अनुसार थापाले ६ हजार ५ सय ८४ मत प्राप्त गर्दा खड्गीले ३ सय ७५ मत पाएका छन्। निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो। त्यसमध्ये ५४ मत बदर भएको निर्वाचन…
धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त भएका छन्। मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले विष्टलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। नवनियुक्त मुख्य न्यायाधिवक्ता विष्टले आजै पद तथा गोपनीयताको शपथसमेत लिएका छन्। विष्ट उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास बार एसोसिएसनअन्तर्गत २४ वर्षदेखि अधिवक्ताका रूपमा वकालत गर्दै आएका छन्। लामो समयदेखि कानुन व्यवसायमा…
धनगढीः मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालले निःशुल्क उपचार गरेको छ। अस्पतालले भट्टको उपचारमा लागेको करिब ९ लाख रुपैयाँ खर्च मिनाहा गरेको हो। आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका भट्टलाई सुरुमा महाकाली अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि…