काठमाडौँ– आठ जर्ना अधिकृत पदमा बढुवा सिफारिस गरिएको छ। बढुवा समितिको सचिवालयले आठ जना कर्मचारीलाइ अधिकृत पदमा बढुवा सिफारिस गरिएको हो ।
आज (मंगलबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै रिक्त रहेका अधिकृत पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।
बढुवा समितिको सोमबारको निर्णयअनुसार नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, तथ्यांक समूह, तथ्यांक अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत तीन जना, नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूह, (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत चार जना र नेपाल विविध सेवा, कम्प्युटर अधिकृत, (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत एक जनालाई अधिकृत पदमा बढुवा सिफारिस गरिएको हो।
यस्तै, नेपाल विविध सेवा, कम्प्युटर इन्जिनियर, (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत भने कुनै पनि उम्मेदवारको दरखास्त परेको छैन ।
![]()