काठमाडौँ– काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान प्रतिबद्धता जनाएका छन्।
आज (सोमबार) आफ्नो वाचा पत्र सार्वजनिक गर्दै उनले रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग गठन गर्ने र १००० दिनमा समाधान निकाल्ने बाचा गरेका छन्।
झापा ५ मा रहेका सुकुम्वासी र भूमिहीनहरूको समस्या समाधान गर्ने अधिकारसम्पन्न आयोग गठन गरेर सुकुम्वासीहरूलाई न्याय दिने बताएका हुन्।
बालेनको वाचा पत्रमा ऐलानी जग्गासम्बन्धी उचित व्यवस्था एवं नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी नक्सा अभिलेखीकरण कार्य सम्पन्न गर्ने पनि उल्लेख गरिएको छ।
![]()
![]()