केपी ओलीले भने: प्रजातन्त्र दिवसले हामीलाई महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ - Chaitanya News
  • 2026-04-27
  • 01:13:25
  • आइतबार,बैशाख १३, २०८३
  • केपी ओलीले भने: प्रजातन्त्र दिवसले हामीलाई महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ

    केपी ओलीले भने: प्रजातन्त्र दिवसले हामीलाई महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक दिनबाट प्रेरणा लिँदै सबै जागरूकतापूर्वक अघि बढ्नु पर्ने बताएका छन्।

    आज बिहिबार) प्रजातन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुका एक स्टाटस लेखेर शुभकामना दिँदै उनले अहिले तीन जिम्मेवारी महत्वपूर्ण रहेको बताएका हुन्।

    उनले फेसबुकबाट भनेका छन्, ‘आजको दिनले हामीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ, पहिलो, राष्ट्रिय स्वाधीनता रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने, दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्ने, तेस्रो, आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, हाम्रो समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा गर्ने।’

    उनले प्रजातन्त्र दिवस, जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन भएको बताउँदै प्रजातन्त्रका लागि जीवन अर्पण गर्ने अमर शहीद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेका छन्।