उपसचिव पदका पूर्वनिर्धारित परीक्षाहरू स्थगित भएका छैनन् : लोक सेवा आयोग - Chaitanya News
  • 2026-05-02
  • 12:29:41
  • शनिबार,बैशाख १९, २०८३
  • उपसचिव पदका पूर्वनिर्धारित परीक्षाहरू स्थगित भएका छैनन् : लोक सेवा आयोग

    उपसचिव पदका पूर्वनिर्धारित परीक्षाहरू स्थगित भएका छैनन् : लोक सेवा आयोग

    काठमाडौँ– लोक सेवा आयोगले उपसचिव पदका पूर्वनिर्धारित परीक्षाहरू स्थगित नभएको स्पष्ट पारेको छ।

    आज (बुधबार) आयोगले एक सूचना जारी गर्दै सामाजिक सञ्जालहरूमा प्रकाशित परीक्षा स्थगितसम्बन्धी सूचना हल्ला मात्रै भएको जनाएको हो।

    लोक सेवा आयोगका अनुसार असोज २९ गते प्रकाशित विज्ञापन सूचनाअनुसार यही माघ ८ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने गरी तोकिएका कृषि तथा वन सेवाअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहका प्राविधिक पदका परीक्षाहरू स्थगित गरिएको भन्ने भ्रामक सूचना माघ ६ गते सामाजिक सञ्जालमा प्रकाशित भएको थियो। उक्त सूचनाबाट भ्रममा नपर्न आयोगले सबै सरोकारवालालाई आग्रह गरेको छ।

    यस्तै आगोगले आयोगका आधिकारिक सूचनालाई मात्र आधार मानी तोकिएको कार्यतालिका अनुसार नै परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ।