पाँच जना उपसचिव पदमा बढुवा सिफारिस, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-10-10
  • 23:22:35
  • शनिबार,आश्विन २४, २०८३
  • पाँच जना उपसचिव पदमा बढुवा सिफारिस, हेर्नुहोस् सूचना

    पाँच जना उपसचिव पदमा बढुवा सिफारिस, हेर्नुहोस् सूचना

    काठमाडौँ– पाँच जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको छ। बढुवा समितिको सचिवालयले पाँच जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको हो ।

    आज (बुधबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।

    बढुवा समितिको मंगलबारको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, स्यानिटरी उपसमूह (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत दुई जना, नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, वि.एण्ड आर्क। उपसमूह, (राजपत्रांकित द्वितीय श्रेणी)अन्तर्गत एक जना र नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, इरिगेसन उपसमूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत दुई जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो।