ठूलो संख्यामा नेपाल प्रहरीका एसपीको सरुवा, नामावलीसहित - Chaitanya News
  • 2026-10-12
  • 01:30:16
  • आइतबार,आश्विन २५, २०८३
  • ठूलो संख्यामा नेपाल प्रहरीका एसपीको सरुवा, नामावलीसहित

    ठूलो संख्यामा नेपाल प्रहरीका एसपीको सरुवा, नामावलीसहित

    काठमाडौँ– नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ।

    प्रहरी प्रधान कार्यालय, नक्सालले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको हो।

    सरुवा हुने एसपीहरूमा अनन्तराम शर्मा, अनिलकुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुनप्रसाद तिमिल्सिना, एकनारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धी बज्राचार्य, गौतम मिश्रलगायत रहेका छन्।

    एसपी गौतम मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन महाशाखाबाट जिल्ला प्रहरी परिसर, ललितपुरमा सरुवा गरिएको छ। यसअघि ललितपुरका प्रहरी प्रमुख रहेका एसपी चक्रराज जोशीलाई नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा खटाइएको छ।

    चुनावी दृष्टिले संवेदनशील मानिएको झापाको जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी एसपी बसुन्धरा खड्कालाई दिइएको छ। उनी यसअघि बागमती प्रदेश मानव स्रोत व्यवस्थापन महाशाखा, हेटौँडामा कार्यरत थिइन्।

    यसैबीच, नेपाल प्रहरी संगठनभित्र ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को समेत सरुवा गरिएको छ।