काठमाडौँमा निर्वाचन प्रहरीको शारीरिक परीक्षा तालिका सार्वजनिक - Chaitanya News
  • 2026-11-21
  • 15:38:42
  • शनिबार,मंसिर ०६, २०८३
  • काठमाडौँमा निर्वाचन प्रहरीको शारीरिक परीक्षा तालिका सार्वजनिक

    काठमाडौँमा निर्वाचन प्रहरीको शारीरिक परीक्षा तालिका सार्वजनिक

    काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना हुन लागेका निर्वाचन प्रहरी (म्यादी प्रहरी) को शारीरिक तन्दुरुस्ती परीक्षाको तालिका र स्थान सार्वजनिक गरेको छ। २०८२ फागुन २१ गते हुने चुनावको सुरक्षाका लागि आवेदन दिएका उम्मेदवारहरूको छनोट परीक्षा कीर्तिपुरस्थित लेबोरेटरी स्कुलमा हुने भएको हो

    उम्मेदवारहरूले सम्बन्धित कार्यालयबाट प्राप्त गरेको प्रवेश पत्र र आफ्नो सक्कल नागरिकता अनिवार्य रूपमा साथमा लिई परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने नियम बनाइएको छ।

    परीक्षामा सहभागी हुन आउँदा उम्मेदवारहरूले तोकिएको पोसाक लगाउनुपर्नेछ। जसअनुसार पुरुष उम्मेदवारले गेम ड्रेस र पिटी जुत्ता तथा महिला उम्मेदवारले ट्र्याक सुट र पिटी जुत्ता लगाएर उपस्थित हुनुपर्नेछ। तोकिएको मापदण्ड पूरा नगर्ने वा आवश्यक कागजात नबोक्ने उम्मेदवार परीक्षामा सहभागी हुन पाउने छैनन्।

    काठमाडौँ परिसर तथा सशस्त्र प्रहरीमा आवेदन दिई लेबोरेटरी स्कुलमा हुने शारीरिक तन्दुरुस्ती तथा बाधापार परीक्षाको नतिजा भने २०८२ माघ ८ गते बिहान १२ बजे प्रकाशन गरिनेछ। उक्त नतिजा जिल्ला प्रहरी परिसर काठमाडौँको सूचना पाटीमा हेर्न सकिने प्रहरीले जनाएको छ।