भौतिक पूर्वाधार तथा यातायात मन्त्री चौलागाईंद्वारा पदभार ग्रहण, गरे तीन निर्णय - Chaitanya News
  • 2026-10-12
  • 02:28:15
  • आइतबार,आश्विन २५, २०८३
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री चौलागाईंद्वारा पदभार ग्रहण, गरे तीन निर्णय

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री चौलागाईंद्वारा पदभार ग्रहण, गरे तीन निर्णय

    काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी पाएका वन मन्त्री माधवप्रसाद चौलागाईंले शुक्रबार पदभार ग्रहण गरेका छन्।

    पदभार ग्रहण गर्दै मन्त्री चौलागाईंले कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतिका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैंकलाई अनुरोध गर्ने निर्णय गरेका छन्।

    यसैगरी जुम्ला र कालिकोटको सिमाना नाग्म स्थित हिमा नदीमा पक्की पुल बनिसकेको अवस्थामा उक्त स्थानमा रहेको बेलिब्रिजलाई जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–५ स्थित तिला नदीमा तातोपानी गाउँपालिका–४ हाँकु जोड्न स्थानान्तरण गर्ने निर्णय पनि उनले गरेका छन्।

    साथै निर्माण व्यवसायी नियमावली, २०५६ को अनुसूची १३ मा रहेको ‘घ’ वर्गको निर्माण व्यवसायीको योग्यता सम्बन्धी मापदण्ड परिमार्जन गर्न आवश्यक सुझावका लागि मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय मन्त्री चौलागाईंले गरेका छन्।