केपी शर्मा ओलीको स्थानहद फुकुवा - Chaitanya News
  • 2026-10-12
  • 03:09:26
  • आइतबार,आश्विन २५, २०८३
  • केपी शर्मा ओलीको स्थानहद फुकुवा

    केपी शर्मा ओलीको स्थानहद फुकुवा

    काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ।

    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो।

    आयोगका प्रवक्ता तथा पूर्वएआईजी विज्ञानराज शर्माले आज सोमबार बसेको आयोगको बैठकले ओलीको स्थान हद फुकुवा भएको जानकारी दिए।

    ओलीमाथि गत असोज १२ गतेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो। जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछको काम सकिएकोले उनको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य सम्पन्न भइसकेकोले फुकुवा गरिदिएको शर्माले जारी विज्ञप्तिमा उल्लेख छ।

    आइतबार ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा साढे २ घण्टा बयान दिएका थिए। त्यस्तै उनले आइतबार नै जाँचबुझ आयोगसमक्ष पनि लिखित स्टेटमेन्ट बुझाएका थिए। आफ्नो निवास भक्तपुरको गुण्डु आएका आयोगका सदस्यलाई उनले लिखित स्टेटमेन्ट नै बुझाएका हुन्।

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन सरकारमा रहेका केही मन्त्री, सुरक्षा निकायका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रमुखसहितसँग बयान लिइसकेको छ।