तीन जना सहसचिव पदमा बढुवा सिफारिस - Chaitanya News
  • 2026-10-12
  • 03:09:26
  • आइतबार,आश्विन २५, २०८३
  • तीन जना सहसचिव पदमा बढुवा सिफारिस

    तीन जना सहसचिव पदमा बढुवा सिफारिस

    काठमाडौँ– तीन जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको सचिवालयले तीन जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

    आज (मंगलबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सुचना जारी गर्दै रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरू सिफारिसमा गरेको हो।

    सुचिअनुसार,नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह, इरिगेशन उपसमूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत २ जना र नेपाल इञ्जिनियरिङ सेवा, माइनिङ इञ्जिनियरिङ समूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत एक जना कर्मचारी बढुवा सिफारिस सूचीमा समावेश छन्।

    यस्तै, नेपाल इञ्जिनियरिङ सेवा, माइनिङ इञ्जिनियरिङ समूह, राजपत्रांकित प्रथम श्रेणीमा कुनै पनि उम्मेदवार दरखास्त नपरेको प्रशासन मन्त्रालयले जनाएको छ।