लोकसेवामा सत्यदेवको कडा संघर्ष र लोभ लाग्दो सफलता - Chaitanya News
  • 2026-04-28
  • 10:27:05
  • मंगलबार,बैशाख १५, २०८३
  • लोकसेवामा सत्यदेवको कडा संघर्ष र लोभ लाग्दो सफलता

    लोकसेवामा सत्यदेवको कडा संघर्ष र लोभ लाग्दो सफलता

    निर्मला कडायत

    काठमाडौं– सार्वजनिक सेवा पछिल्लो समय युवाहरूका लागि आकर्षणको केन्द्र बन्न थालेको छ। देशमै बसेर राष्ट्रसेवा पनि गर्न पाइने र रोजगारी पनि सँगसँगै हुने भएकाले युवाहरूका लागि सरकारी सेवा आकर्षणको केन्द्र बन्न थालेको हो।

    लोकसेवा आयोगको खुला प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या पछिल्लो समय ऐतिहासिक रूपमा बढ्दै गएको छ। सरकारी जागिरमा दीगो सुरक्षा, सामाजिक सम्मान र करियरको स्थिरताले युवा आकर्षक बढ्दो रहेको सार्वजनिक प्रशासनका विज्ञहरू बताउँछन्।

    सरकारी सेवा, अझ त्यसमा पनि निजामती सेवामा प्रवेश गर्ने प्रत्यक व्यक्तिको सपना हुन्छ। तर, त्यस्तो अवसर थोरै व्यक्तिले मात्र पाउँछन्। तयरी गरेर बसेका सबै व्यक्ति सरकारी सेवामा प्रवेस गर्न सकिरहेका हुँदैनन्। कोही लामो समय तयारी गरेर पनि विभिन्न कारणले निजी क्षेत्रमा काम गरिरहेका हुन्छन्। कोही विदेश पलायन हुन बाध्य भएका छन्।

    तर, राम्रो तयारी गर्नेहरू प्रतिस्पर्धामा उतिर्ण हुन्छन्। तिनै मध्यका एक हुन् सत्यदेव लोहार। उनको जागिरे जीवन संस्थागत विद्यालयमा शिक्षण गरेर सुरु भएको हो।
    तर उनी शिक्षण पेसामा रमाउन सकेनन्, पछि उनले लोकसेवा तयारी गरेर सरकारी सेवामा प्रवेश गर्नुपर्छ भन्ने सोच बनाए।

    लोहार आफ्नो त्यो लक्ष नभुलेर निरन्तर तयारी कर्ममा जुटिरहे। त्यहि मिहिनेतको प्रतिफल उनी हाल नेपाल सरकारको शाखा अधिकृतमा कार्यरत छन्। उनी २०८२–८–२३ को नतिजामा शाखा अधिकृतमा नाम निकाल्न सफल भएका हुन्।

    उनको घर लुम्बिनी प्रदेशको नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा पर्छ । २०५५ साल भाद्र २० गते पिता जोगेन्द्र लोहार र माता मुन्नादेवि लोहारको काखबाट जन्मेका लोहारको सपना पहिले त इनिजीनियर बन्ने थियो। सामान्य परिवारका भएकाले उनको आर्थिक अवस्था निकै कमजोर थियो।

    आर्थिक अवस्थाकै कारण उनको इन्जिनियर बन्ने सपना पूरा हुन सकेन। पछि उनले निजी विद्यालयहरूमा पढाउन थाले। यसले उनलाई जीवनको संघर्ष बुझ्ने अवसर प्राप्त भयो। शिक्षक पेसा सोचको जस्तो नभएपछि उनले सरकारी सेवामा प्रवेश गर्ने निधो गरे। सरकारी सेवामा प्रवेस गरेपछि मलाई मेरो जीवनले सपनाको बाटो समाते झैँ लाग्यो सत्यदेव लोहारले भने ।

    सत्यदेव लोहार लोकसेवा आयोगको परीक्षामा पहिलो प्रयासमै सफल भए पनि उनले याहासम्म पुग्न धेरै दुस्ख र कष्ट गरेका छन्। शाखा अधिकृतमा नाम निकाल्छु भन्ने त लागेको थिएन। पढाइको निरन्तरता र आत्मविश्वास भए लोकसेवा पास गर्न असहज रहेनछ, उनले सुनाए।

    उनले घरको आर्थिक अवस्थाका कारण थुप्रै रहर र सपनाहरु बीचमा नै छोडेको सुनाए।

    लोकसेवा तयारी गरिरहेकै समयमा बुबाको मुटुमा समस्या आयो। पछि पुन: प्यारालाईसीस भए । त्यसले थप चिन्ता थपियो। तर, मिहिनेत गर्न भने छोडीन लोहारले भने।

    बुबा बिरामी हुँदा मलाई निकै तनाव भएको थियो। मैले अब लोकसेवा तायरी गर्न सक्दिनँ सोचेको थिएँ। आर्थिक अवस्था पनि कमजोर थियो, कष्टपूर्ण जीवन बाँचेका लोहारले भने, तर, कोहि नहुनेको भगवान हुन्छन् भने झै तेहि बेला चैतन्य लोकसेवा एकेडेमी बुटवल शाखाका दिपक ढकालले मलाई फोन गर्नु भयो। आफ्नो अफिसमा बोलाउनु भो। उहाँले भेटमा आर्थिक अवस्था कमजोर भए निस्शुल्क पढाउने भन्नु भयो। त्यसपछि म पुन; लोकसेवा तायरीका जुटेँ। र, पहिलो प्रयासमै सफल भएँ, उनले भने।

    चैतन्यले आफूलाई साथ नदिएको भए सायद अहिले पनि आफू निजी विद्यालयमै शिक्षण गरिरहेको हुने उनी बताउँछन्। उनी यो सफलतासँगै अब आगामी दिनमा अब आफ्नो लक्ष्य अनुसार जीवन अगाडि अगाडि बढाउन सहज भएको बताउँछन्।

    कष्टपूर्ण जीवन बाँचेका लोहार अहिले वडापालिका कै पहिलो शाखा अधिकृत बनेका छन् ।
    सत्यदेव लोहारको यो यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, यो हजारौँ युवा, विशेष गरी मध्य वर्गका परिवारका लागि प्रेरणाको उज्यालो किरण हो।