काठमाडौँ– रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच मध्यरातमा भएको भेटवार्ता भएको छ । यो भेट सकारात्मक रहेको निकट नेताले बताएका छन्। उनीहरू दुईबीच सोमबार राति कमलादीस्थित रास्वपाका केन्द्रीय सदस्य असीम शाहको घरमा भेटवार्ता भएको हो।
वार्तापछि मंगलवार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहले वार्तालाई ‘कथाको सुखद सुरुवात’ को भएको बताएका छन्। ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन–दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।’ उनले लेखेका छन्।
दुवै नेता राति ८ बजे त्यहाँ पुगेका थिए भने उनीहरू निस्कँदा रातिको १ बजेको थियो। उनीहरूबीच भएको कुराकानीको औपचारिक जानकारी सार्वजनिक भएको छैन। यद्यपि, असीम शाहले एउटा सुखद सुरुवात भएको बताएको हो।