धनगढी- चैतन्य एकेडेमी नेपाल, धनगढी शाखाले हालै शिक्षक सेवा आयोगद्वारा प्रकाशित निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षामा सफल भएका विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरेको छ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै चैतन्य एकेडेमी नेपालका व्यवस्थापक दीपक ढकालले सफल विद्यार्थीहरूलाई आगामी दिनमा अझ बढी सफलता प्राप्त गर्न प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि तथा चैतन्य एकेडेमी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशप्रसाद जोशीले चैतन्य एकेडेमीले समाजमा पुर्याउँदै आएको शैक्षिक योगदानको चर्चा गर्दै आगामी दिनमा पनि सधैं सहकार्य र सहयोगका लागि एकेडेमी सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। उनले एकेडेमी स्थापना भएदेखि हालसम्म हजारौं व्यक्तिहरूलाई निजामती सेवा, बैंकिङ, शिक्षक सेवा, सुरक्षा निकाय तथा विभिन्न सार्वजनिक संस्थामा सफल बनाउन योगदान पुर्याएको समेत बताए ।
कार्यक्रममा प्रशिक्षक सिद्धराज जोशीले विद्यार्थीहरूले गरेको मेहनत र हासिल गरेको सफलताले आफूलाई खुशी बनाएको उल्लेख गर्दै आगामी दिनमा अझ कडा परिश्रम गर्न विद्यार्थीहरूलाई प्रेरित गरे।
चैततन्य एकेडेमी धनगढी शाखा प्रमुख सुमन भट्टको सञ्चालनमा सम्पन्न कार्यक्रममा सफल विद्यार्थीहरू देवी धामी, निर्मला भट्ट, बालकेश थापा, मीना धामी, गोविन्द बुढा र जानकी भट्टले आफ्नो सफलतामा चैतन्य एकेडेमीले खेलेको भूमिकाप्रति कृतज्ञता व्यक्त गरे।
कार्यक्रममा चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा, निर्देशक कटकबहादुर सिंह तथा विद्यार्थी अभिभावक संघका अध्यक्ष ईश्वर गिरीलगायतको उपस्थिति रहेको थियो।